- हाम्रो बारेमा
- हाम्रो परिचय

कृषि विकास कार्यालय, डोल्पा ,डोल्पा
परिचय
क्षेत्रफलका हिसाबले नेपालको सबै भन्दा ठूलो जिल्लाको रुपमा रहेको
डोल्पा जिल्ला करिब सात हजार आठसय उनन्नबे बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
यस जिल्ला भित्र २ वटा नगरपालिका तथा ६ वटा गाउँपालका गरी ८ वटा स्थानीय तह रहेका
छन । समुद्र सतह देखि १५२५ मिटर देखि ७६२५
मिटर उचाई सम्मका बिभिन्न भुभागहरु समेटेको भौगोलिक तथा प्राकृतिक बिबिधताको धनी जिल्ला
डोल्पामा नेपालकै गहिरो शे-फक्सुण्डो ताल अवस्थित छ । यस क्षेत्रमा उपोष्ण प्रदेशीय देखि शितोष्ण
प्रदेशीय वाली/बस्तुहरुको उत्पादन हुदै आएको छ । हावापानी, माटो तथा भौगोलिक बनोटको आधारमा यस जिल्लामा उच्च मुल्यका फलफूल, बाली तथा पशुहरुको उत्पादन हुदै आएको छ । उच्च पहाडी तथा हिमाली भू-गोल समेटेको यस
क्षेत्रमा यार्सागुम्बा जडिबुटिको प्रचुर संभावना रहेको छ । आधुनिक तथा दिगो
कृषिको विकासको अवधारणा स्वरुप २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्र, डोल्पाको नामले स्थापना भई हाल
कृषि विकास कार्यलयको नाममा सेवा प्रवाह गर्दै आईरहेको छ।
कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको
पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नु नै यस कृषि विकास कार्यालयको
प्रमुख उदेश्य रहेको छ ।
नेपालको प्रशासनिक संरचना परिबर्तन भए संगै तिन तहबाट कृषि सेवाहरु
प्रदान हुदै आएकोमा प्रादेशिक सरकारको माताहतमा रही यस कृषि विकास कार्यालयले नीजि
उद्यमी, कृषक समूह, कृषक सहकारी संस्थाहरु र
उपभोक्ता मार्फत साना किसान र ब्यावसायिक ठूला किसानलाई
कृषिजन्य उपजको पहिचान, उत्पादन तथा उत्पादकत्व बृद्धि र आधुनिक खेती प्रणाली तथा बजार
प्रबर्द्धनमा सहयोग मिल्ने खालका कार्यहरु गर्दै आएको छ । कृषि उपजको उत्पादनलाई
सहज बजारीकरणमा सहयोग गर्नको लागी हाल विभिन्न स्थानमा कृषि सडक मार्फत उत्पादन
क्षेत्र लाई जोडिदै आएको छ । कर्णाली
प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार
कृषि सिचाई/सडक निर्माण, प्राङ्गगारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु
जीवब्यवस्थापन कार्यक्रम संचालन, जैबिक, भौतिक विधि तथा बानस्पतिक बिषादीको प्रयोगबाट रोग/कीरा ब्यवस्थापन, प्राङ्गारिक मलखादको व्यवस्थापन
तथा सुधार, एकिकृत खाद्यतत्व ब्यवस्थापन
इत्यादी कार्यमा सहयोग मिल्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।
उत्पादित उपजको मूल्य अभिवृद्धि, कृषि वव्यवसाय, ईको कृषि पर्यटन, कृषि प्रशोधन तथा ब्राण्डिङ्ग, खाद्य स्वस्थता सुनिश्चितता, गुणस्तर निर्धारण तथा नियन्त्रण यस कार्यालयका वृहत प्राथमिकता
क्षेत्र रहेका छन् ।
यस कार्यलयबाट संपादित कार्यहरुको विवरण तथा प्रगति , उपयोगी प्रकाशन सामाग्री, कार्यक्रमसंग संबन्धित
कार्यबिधिहरु, प्रकाशित सूचनाहरु तथा अन्य
गतिबिधिहरुसंग संबन्धित सेवाहरु यस कार्यालयको वेवसाई adodolpa.gov.np बाट जानकारी प्राप्त गर्न सकिन्छ ।
उद्देश्य
- १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
- २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
- ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
- ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
- ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
- ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
- ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।
योजना
- १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
- २. कृषि उद्यमी‚निजी क्षेत्र‚अनुसन्धान केन्द्र‚कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने।
- ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
- ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
- ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
- ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
- ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
- ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
- ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।