कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

डोल्पा


Prakash Dhami

कार्यालय प्रमुख

भिम बहादुर धराला

प्रमुख
Nirmal

सूचना अधिकारी

गोर बहादुर बुढा

प्रा.स.
9848303842
हाम्रो बारेमा

परिचय

क्षेत्रफलका हिसाबले नेपालको सबै भन्दा ठूलो जिल्लाको रुपमा रहेको डोल्पा जिल्ला करिब सात हजार आठसय उनन्नबे बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस जिल्ला भित्र २ वटा नगरपालिका तथा ६ वटा गाउँपालका गरी ८ वटा स्थानीय तह रहेका छन ।  समुद्र सतह देखि १५२५ मिटर देखि ७६२५ मिटर उचाई सम्मका बिभिन्न भुभागहरु समेटेको भौगोलिक तथा प्राकृतिक बिबिधताको धनी जिल्ला डोल्पामा नेपालकै गहिरो शे-फक्सुण्डो ताल अवस्थित छ ।  यस क्षेत्रमा उपोष्ण प्रदेशीय देखि शितोष्ण प्रदेशीय वाली/बस्तुहरुको उत्पादन हुदै आएको छ । हावापानी, माटो तथा भौगोलिक बनोटको आधारमा यस जिल्लामा उच्च मुल्यका फलफूल, बाली तथा पशुहरुको उत्पादन हुदै आएको छ ।  उच्च पहाडी तथा हिमाली भू-गोल समेटेको यस क्षेत्रमा यार्सागुम्बा जडिबुटिको प्रचुर संभावना रहेको छ । आधुनिक तथा दिगो कृषिको विकासको अवधारणा स्वरुप २०७५ श्रावण महिना देखि कृषि ज्ञान केन्द्रडोल्पाको नामले स्थापना भई हाल कृषि विकास कार्यलयको नाममा सेवा प्रवाह गर्दै आईरहेको छ। 

कृषिमा निर्भर रहेका कृषकलाई कृषि तालिम, उन्नत विउविजन एवं विरुवा, प्रविधि र व्यवसायिकताको पहुँचमा ल्याई आधुनिक, स्वच्छ र दिगो कृषिको स्थापना गर्नु नै यस कृषि विकास कार्यालयको प्रमुख उदेश्य रहेको छ ।

नेपालको प्रशासनिक संरचना परिबर्तन भए संगै तिन तहबाट कृषि सेवाहरु प्रदान हुदै आएकोमा प्रादेशिक सरकारको माताहतमा रही यस कृषि विकास कार्यालयले नीजि उद्यमीकृषक समूहकृषक सहकारी संस्थाहरु र उपभोक्ता मार्फत साना किसान र ब्यावसायिक ठूला किसानलाई कृषिजन्य उपजको पहिचान, उत्पादन तथा उत्पादकत्व बृद्धि र आधुनिक खेती प्रणाली तथा बजार प्रबर्द्धनमा सहयोग मिल्ने खालका कार्यहरु गर्दै आएको छ । कृषि उपजको उत्पादनलाई सहज बजारीकरणमा सहयोग गर्नको लागी हाल विभिन्न स्थानमा कृषि सडक मार्फत उत्पादन क्षेत्र लाई जोडिदै आएको छ ।  कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने प्रदेश सरकारको निति तथा कार्यक्रम अनुसार कृषि सिचाई/सडक निर्माण, प्राङ्गगारिक खेती प्रबर्द्धनमा सहयोग पुग्ने एकिकृत शत्रु जीवब्यवस्थापन कार्यक्रम संचालनजैबिक, भौतिक विधि तथा बानस्पतिक बिषादीको प्रयोगबाट रोग/कीरा ब्यवस्थापनप्राङ्गारिक मलखादको व्यवस्थापन तथा सुधारएकिकृत खाद्यतत्व ब्यवस्थापन इत्यादी कार्यमा सहयोग मिल्ने खालका गतिबिधिहरुमा सहयोग प्रदान गर्दै आएको छ ।  उत्पादित उपजको मूल्य अभिवृद्धिकृषि वव्यवसाय
थप हेर्नुहोस्

कानूनी दस्तावेज
शीर्षक डाउनलोड
भू उपयोग निति २०६९
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
The Constitution of Nepal 2072
नेपाली संविधान २०७२
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
अर्गानिक मिसन कार्यक्रम संचालन निर्देशिका
किसान सरकार हातेमालो कार्यक्रम संचालन कार्यविधि
ग्रामिड कृषि सडक कार्यविधि
कृषि सिचाई कार्यविधि
कृषि हाट बजार तथा कृषि उपज संकलन केन्द्र निर्माण कार्यविधि
थप हेर्नुहोस्
सूचना तथा समाचारहरु
शीर्षक डाउनलोड
विभिन्न योजनाहरुमा परेका आवेदनहरुको छनौट सम्बन्धि सुचना ।
व्यवसायिक फलफूल तरकारी, खाध्यन्न, दलहन, तेलहन बाली प्रबर्धन कार्यक्रमको आवेदन छनौट सम्बन्धि सुचना ।।।
व्यवसायिक कृषकको लागि कृषि यान्त्रिकरण कार्यक्रम २०७६/०७७ को आवदेन छनौट सम्बन्धि सुचना ।।।
थप हेर्नुहोस्

© 2020 Copyright : कृषि विकास कार्यालय, डोल्पा
Last Updated: 2021/12/23
Developed By: Ninja Infosys Pvt. Ltd.