कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि विकास कार्यालय
डोल्पा
नेपाल एक भु-परिवेष्ठित कृषिमा आधारित अर्थतन्त्र भएको देश हो। आर्थिक दृष्टिकोणले सकृय जनसंख्याको करिव ६०.४% प्रतिशत जनसंख्या कृषि क्षेत्रमा नै आश्रित हुन पुगेको छ। उद्योग व्यावसायका लागि आवश्यक कच्चा पदार्थ र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न योग्य अधिकतम वस्तुहरुको उत्पादन कृषि क्षेत्रबाटै हुने भएकोले कृषि व्यवसाय सम्पूर्ण नेपालीहरुको जीवन निर्वाहको माध्यम मात्र नभएर देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रकव विकास जब सम्म गौण रहन्छ तबसम्म देशका बहुसंख्यक जनताको जीवनस्तर माथि उकास्न नसकिने तथ्य निर्विवाद छ। कृषि विकास र वातावरण संरक्षण बिच सन्तुलन कायम गर्दै उपलब्ध भू-क्षेत्र तथा उपभोगमुखी परम्परागत खेती प्रणालीलाई आय तथा रोजगारमुलक र बजारमुखी खेती प्रणालीमा रुपान्तरन गर्ने नेपाल सरकारको कृषि नीति रहेको छ।
नेपाल सरकारको घोषित कृषि नीतिलाई कार्यान्वयन स्तरमा उतार्न र हावा पानी सुहाँउदो खाद्यान्न, दलहन, तेलहन, नगदे, फलफूल, आलु र तरकारी जस्ता बालीहरुको कृषक स्तरसम्म प्रचार तथा सेवा टेवा पुर्याउन प्रमुख निकायको रुपमा देशको अन्य विभिन्न जिल्लाहरुमा जस्तै यस डोल्पा जिल्लामा पनि २०३४ सालमा आएर कृषि विकास कार्यालय डोल्पाको स्थापना भयो। हाल यो कार्यालय डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारमा अवस्थित छ। यस स्थानको उचाई समुन्द्र सतह देखि ६५०० फिट रहेको छ। यस कार्यालयले आफ्नो माताहतका बाली संरक्षण शाखा, बागबानी शाखा, कृषि प्रसार शाखा, योजना शाखा, प्रशासन शाखा, ईन्जिनियरिङ्ग शाखा जस्ता शाखाहरुबाट नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारको कृषि नीति अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।
यस कार्यलयबाट सम्पादित कार्यहरू विवरण तथा प्रगति, उपयोगी प्रकाशन सामग्री, र प्रकाशित सूचनाहरू यस कार्यालयको वेबसाइट adodolpa.gov.np र https://www.facebook.com/profile.php?id=61574730597097 (फेसबुक पेज) बाट जानकारी प्राप्त गर्न सकिन्छ।